
काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ । पुरानो दमका कारण छातिमा संक्रमण भएपछि पछि उनलाई १० दिन अघि अस्पताल भर्ना गरिएको हो।
वैद्यको फोक्सोमा अक्सिजनको लेभल तलमाथि हुने गरेकाले उनलाई आईसीयूमै राखेर उपचार गरिरहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । उनको स्वास्थ्य स्थिति गम्भीर रहेको चिकित्सकले जानकारी दिए।
उपचारमा संलग्न चिकित्सकका अनुसार, पुरानो दमको कारण स्वास्थ्यमा समस्या देखिएपछि उनी जेठ १५ गतेदेखि अस्पताल भर्ना भएका हुन् । ‘स्वास्थ्य धेरै नै बिग्रिएको छ । छातिको संक्रमण घटेको छैन,’ स्रोतले भन्यो, ‘उहाँको पुरानो दमले पटकपटक समस्या दिइरहेको छ । यसपटक भने अल्लि सिरियस नै छ ।’
७८ वर्षीय वैद्य श्वासप्रश्वासको समस्याले गत पुसमा एक महिना त्रिवि शिक्षण राखेर उपचार गरिएको थियो ।