तेहरान (एजेन्सी) । साउदी अरबका पवित्र सहरहरूमा हज यात्राका क्रममा कम्तीमा १३ जना इरानी नागरिकको मृत्यु भएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार बढ्दो तापक्रमका कारण शनिबार हज यात्रीको मृत्यु भएको हो ।
इरानी रेड क्रिसेन्ट सोसाइटीको स्वास्थ्य तथा उपचार सञ्चालन एकाइले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२५ को हज यात्राका क्रममा शुक्रबार ९जुन ६० सम्म मृत्यु भएका इरानी हज यात्रीको कुल संख्या १३ पुगेको छ । हालैका दिनहरूमा साउदी अरबका पवित्र सहरहरूमा तापक्रम ४७ डिग्री सेल्सियस र सोभन्दा माथि पुगेको छ, जसले गर्दा हज यात्रीहरूले व्यापक गर्मीको सामना गर्नुपरेको छ,’ इरनाले भनेको छ ।
इर्नाका अनुसार यो वर्ष ८६ हजार ७ सय इरानी तीर्थयात्राका लागि साउदी अरब गएका छन् । गत वर्ष साउदी अरबको हज यात्रामा ५१।८ डिग्री सेल्सियस ९१२५ डिग्री फरेनहाइट० तापक्रम मापन गरिएको थियो भने यात्राका क्रममा २२ इरानीसहित १ हजार ३ सयभन्दा बढीको मृत्यु भएको थियो ।