काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरूद्धआइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ। टेलिकमको विलिङ सिस्टम अपग्रेड गर्ने काममा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्धा दर्ता गरेको हो ।
अख्तिारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । तत्कालीन प्रबन्ध निर्देशक पौडेलले नेपाल टेलिकमको विलिङ सिस्टम अपग्रेड गर्ने काममा मिलेमतो गरी भ्रष्टाचार गरेको उजुरी परेको थियो।
प्रतिवादीहरुलाई टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोप छ। अख्तियारले ३३ करोड बिगो मागदाबी गरेको छ ।