काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूको बैठक निष्कर्षविहीन बनेको छ । बैठकमा माओवादीले भिजिट भिसा प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गरेपछि दुई पार्टीबीच सहमती जुट्न नसकेको हो ।
छलफलमा माओवादी अध्यक्ष प्रचण्ड, उपमहासचिवद्वय वर्षमान पुन, शक्ति बस्नेत लगायत सहभागी थिए । कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता ज्ञानेन्द्र कार्की लगायत थिए ।
कांग्रेससँग छलफलमा बस्नुअघि माओवादीले विपक्षी दलहरूको बैठक राखेको थियो । त्यसअघि माओवादी अध्यक्ष प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।