आज पनि प्रतिपक्षी दलद्वारा सदन अबरुद्ध

दियोपोस्ट संवाददाता

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग राख्दै विपक्षी दलहरूले आज पनि प्रतिनिधिसभा बैठक अबरोध गरेका छन् । प्रतिपक्षी दलहरू नेकपा माओवादी, रास्वपालगायत पार्टीको अबरोधका कारण बैठक बस्न नसकेको हो ।

प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणको विषय उठाएर प्रतिनिधि सभाको बैठक चल्न दिएका छैनन् ।

जेठ १५ गते बजेट ल्याउन दिएता पनि अन्य दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । त्यसयता प्रतिनिधि सभाका बैठक ११ पटक सूचना टाँस गरेर स्थगित भएका छन् ।

रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको छ भने माओवादी केन्द्रले मध्यमार्गी प्रस्तावको बाटोमा जानुपर्ने बताएको छ ।