काठमाडौँ । वैदेशिक रोजगारका लागि युके पठाइदिन्छु भन्दै ११ करोड भन्दा बढी रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङका लक्ष्मण पराजुली र धनुषाका अरूणराज शर्मालाई पक्राउ गरेको हो ।
उनीहरु दुबै जनाले युकेमा रोजगारीके लागि पठाइदिने भन्दै दर्जनौँ ब्यीक्तलाई ठगी गरेको आरोप छ । वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंले उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन भनेपछि कार्यालयले उनीहरूलाई पक्राउ गरिएको प्रहरीके भनाई छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकोा प्रवक्ता एवं एसपी काजीकुमार आचार्यका अनुसार अहिलेसम्म ३८ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन्। उनीहरूबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ रकम ठगेको आरोप छ।
कार्यालयले उनीहरूलाई सोमबार नै विभागमा बुझाइसकेको छ।