टोखामा गोली चल्यो, दुई लागुऔषध कारोबारी पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल नजिकै मा गोली चलेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गेली चलाएको हो ।

प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको छ । गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् ।  उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।

मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए ।

दुईजना घाइते भएको उनले बताए । उनीहरुलाई उपचारका लागि अस्पताल लगिँदैछ । घाइतेको नाम भने खुलेको छैन ।