
गोरखा । गोरखामा कुटपीट आरोपमा ३ जना पत्राउ परेका छन् । शहिद लखन गाउँपालिका–८ बुंकोटका कृष्णप्रसाद अंगाईलाई कुटपिट गरेको आरोपमा गण्डकी–४ ढावेका २९ वर्षीय सुजल थापा, १९ वर्षीय पुष्पप्रसाद देवकोटा र गण्डकी–३ आमडाँडाका २४ वर्षीय दयाराम पन्तलाई सोमबार पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार निर्माण व्यवसायीसमेत रहेका अंगाईलाई जेठ २३ गते गण्डकी गाउँपालिका–२ खमारे खोला सडक खण्डमा बाटो छेकी हेल्मेट, ढुंगा प्रहार गरि कुटपीट गरेका थिए ।
आरोपितविरुद्ध मंगलबार गोरखा जिल्ला अदालतमा ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरी म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको पनि उनले बताए ।
कार्य स्थलबाट घर फर्कने क्रममा अंगाइमाथि शुक्रबार कुटपिट भएको थियो ।