संसद् अवरोध हटाउन सभामुखसहित चार दलका प्रमुख सचेतक छलफलमा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । निरन्तरको संसद अवरोध हटाउने विषयमा प्रतिनिधिसभाका सभामुख तथा कानुन मन्त्रीसहित प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकसंग छलफल भइरहेको छ । सभामुख देवराज घिमिरे र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले चार दलका प्रमुख सचेतकसंग छलफल गरेका हुन् ।

संसद् भवन नयाँ बानेश्वरमा रहेको सभामुख घिमिरेको कार्यकक्षमा भइरहेको छलफलमा उपसभामुख इन्दिरा राना, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।

भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गर्दै आएका छन् । सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरेका विपक्षी दलहरू पछिल्लो समय न्यायिक वा संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।

सत्तारूढ दलहरू एमाले र कांग्रेसले भने गृहमन्त्रीको राजीनामा पनि नआउने र छानबिन समिति पनि गठन नहुने अडान राख्दै आएका छन् । सभामुख कार्यकक्षमा चलिरहेको बैठकअघि विपक्षी दलहरूको बैठक बसेको थियो ।

सिफारिस