‘प्रहरीको डिएसपी हुँ’ भन्दै ६ लाख रुपैयाँ ‘ठगी’ गर्ने दुई जना पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै ६ लाख रुपैँया ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली–८ बस्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भई हाल कलंकी बस्ने ४२ वर्षीय रेवती ओझा रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार आरोपीहरुले प्रहरी हिरासतमा रहेका मानिसको मुद्दा मिलाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको भन्ने निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको हो

पक्राउ परेकामध्ये ज्ञानबहादुर विसं २०७० फागुन २० गते हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पाँच वर्ष जेल सजाय भुक्तान गरेको, सार्वजनिक अपराध कसुरमा र विसं २०६७ कात्तिक ४ गते जुवासम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको खुल्नमा आएको उपरीक्षक बोहराले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

सिफारिस