आजदेखि देशभर वर्षा हुँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । आजदेखि देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । औसत मितिभन्दा १५ दिन अघि नै नेपाल मनसुन भित्रिए पनि देशभर वर्षा हुन समय लागेको हो ।

मौसम विभागकी मौसमविद् शान्ति कँडेलका अनुसार बिहीबारदेखि देशव्यापी रूपमा वर्षा हुँदैछ । केही दिन सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना देखिएको उनले बताइन् । उनले हालसम्म मनसुनी वायु पूर्वी क्षेत्रमा मात्रै रहेको र एक साताभित्र देशभर फैलने जानकारी दिइन् ।