
दिल्ली । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटना भएको छ । बिहीबार दिउँसो २ सय ४२ यात्रु बोकेर अहमदावादबाट लण्डनका लागि उडेको एयर इन्डियाको ‘बोइङ ७८७-८ ड्रीमलाइनर’ विमान दुर्घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
दुर्घटनापछि सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका छन् । अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको केही समयपछि बिमान दुर्घटनाग्रस्त भएको इन्डिया टुडेले लेखेको छ ।
दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकोले उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ । दुर्घटनास्थलबाट धुवाँको मुस्लो उढिरहेको र सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका छन् ।