
काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा हिंसात्मक गतिबिधि गरेको आरोपमा दुर्गा प्रसाईसहित ७ जना कारागार चलान भएका छन् । अदालतको आदेश अनुसार प्रसाईसहित ७ जनालाई डिल्ली बजारस्थित कारागार चलान गरिएके हो ।
तिनकुने घटनाका जनकमान्डर भनिएका दुर्गा प्रसाद प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई कारागार पठाईको हो ।
डिल्लीबजार कारागारका कारागार प्रशासक बाबुराम आर्यालका अनुसार उनीहरुलाई शुक्रबार दिउँसो कारागार ल्याइएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार राति थुनामा राख्न आदेश दिएको थियो । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ७ जनालाई थुनामा राख्न र ३२ जनालाई धरौटीमा छोड्न आदेश दिएको थियो ।