
काठमाडौँ । भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । देहरादूनबाट केदारनाथ जाँदै गरेको आर्यन कम्पनीको हेलिकप्टर गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना भएके हो ।
दुर्घटनाका चालक दलसहित ७ जनाको मृत्यु भएको जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले जानकारी दिए । खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ । गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटना बारे जानकारी दिएका थिए ।
शवहरू पूर्ण रुपमा जलेको बताइएको छ। मृतकहरूमा एक बालिका पनि रहेको बताइएको छ। हेलिकप्टर गौरीमाई खर्कमाथिको जङ्गलमा खसेको थियो ।