फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कबिहिन भएका डक्टर बालाजुमा सकुशल भेटिए

दियोपोस्ट संवाददाता

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा अलबिदा लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ बालाजुमा सकुशल फेला परेका छन् । उनी बालाजुस्थित एक रिसोर्टबाट फेला परेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार फेसबुकमा लेखिएको स्टाटसबारे थाहा पाएपछि तुरुन्तै खोजी कार्य जारी राखिएको थियो । अन्तिम लोकेशन चाबहिल क्षेत्र देखिए पनि उनको मोबाइल अफ भएको थियो। त्यसपछि प्रहरीको विभिन्न निकायले उनको खोजी गरेको थियो।

उनले जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्दा स्पष्टीकरण सोधेको डाक्टरहरूलाई प्रयोग गरी झुटो आरोप लगाएर सरूवा गराएको लगायतका विभिन्न आरोप लगाएका छन्।