काठमाडौँ । रुसले मंगलबार बिहान ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्दा १४ युक्रेनी नागरिकको मृत्यु भएको छ । आक्रमणबाट आवासीय भवनहरु, शिक्षण संस्था जस्ता भौतिक पूर्वाधारमा क्षति पुगेको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयर्टसका अनुसार रुसले युक्रेनको राजधानी किएभ र अन्य २७ स्थानमा आक्रमण गरेको थियो । १० दिनअघि मात्रै पनि रुसले युक्रेनका विभिन्न सहरमा हवाई आक्रमण गरेको युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले बताए ।
जसमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो भने २० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका थिए ।