सन्नीको ‘आजको साम’ बोलको गीतको भिडियो रिलिज (भिडियो सहित)

सन्नीको ‘आजको साम’ बोलको गीतको भिडियो रिलिज (भिडियो सहित)

भदौ २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पासवर्डमा समावेश ‘आजको साम’ बोलको गीतको भिडियो रिलिज भएको छ ।

यो गीतको भिडियोमा बलिउडकी आइटम गर्ल सन्नी लियोनीले नृत्य गरेकी छिन् । सन्नी लियोनीले नृत्य गरेका कारण पनि यो गीतको भिडियो प्रतिक्षामा थियो ।

गीतमा अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर, विक्रम जोशीको शब्द छ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रलाई अमित बस्नेत र हिराल जोशीले निर्माण गरेका हुन् ।

विष्णु देवाको कोरियोग्राफी रहेको गीतको भिडियोमा अमर जीत सिंहको छायांकन छ ।

भिडियोमा नायिका सन्नी लियोनी र चलचित्रका मुख्य कलाकार अनुप विक्रम शाही र विक्रम जोशीलाई देख्न सकिन्छ ।

Trending News