कोपा अमेरिकामा अर्जेन्टिना र कोलम्विया भिड्ने, आइतबार विहान पौने ४ बजे खेल हुँदै

दियो पोस्ट  

काठमाडौँ, जेठ ३२ । कोपा अमेरिका फुटबल प्रतियोगितामा आइतबार अर्जेन्टिना र कोलम्वियको खेल हुने भएको छ । खेल नेपाली समयअुनसार पौने चार (३ः४५) मा शुरु हुनेछ । यसअघि भेनेजुयला र पेरुको खेल हुनेछ । सो खेल नेपाली समयअनुसार राती पौने एक (१२ः४५) बाट शुरु हुनेछ ।

आइतबारको दुई खेलमध्य अर्जेन्टिना र कोलम्वियाको खेललाई मुख्य प्राथमिकता दिइएको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले यसअघिको कोपा अमेरिका जिताउन नसकेको भन्दै निकै आत्मआलोचना गरेका थिए । त्यसै कारण अर्जेन्टिनाको शुरुवात र मेस्सीको लगनलाई विश्व फुटबल जगतले विशेष प्राथमिकताका साथ नियाल्ने छ ।

अर्जेन्टिनामा कप्तान लियोनल मेस्सी संगै डि मारिया, जुभेन्टसका डिबाला, सर्जियो एगुएरो, मार्टिनेज जस्ता अनुभवी खेलाडीहरु रहेका छन् । अर्जेनिटना साविकको उपविजेता समेत हो । सन् २०१६ मा भएको पछिल्लो संस्करणमा अर्जेनटिना चिलीसँग फाइनलमा पराजित भएको थियो । त्यसो भन्दाअघि पनि अर्जेनटिना चिलीसँगै फाइनलमा हारेको थियो ।

उता कोलम्बियाले गत संस्करणमा सेमिफाइनल खेलेको थियो ।