काठमाडौँ, असार १ । गण्डकी प्रदेशले आगामी आर्थिक बर्ष २०७६÷०७७ को लागि ३२ अर्ब १३ करोड वजेट विनियोजन गरेको छ । आइतबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उक्त बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।
बजेट प्रस्तुत गर्दै मन्त्री गुरुङले गण्डकी प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्र बिकासका लागि २–२ करोड दिइने घोषणा गरेका छन् । त्यस्तै बजेटको २४.९३ प्रतिशत आर्थिक वृद्धीका लागि खर्च गरिने उल्लेख गरिएको छ । प्रदेशमा शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासको लागि ३८.३७ प्रतिशत विनियोजन गरेको छ । त्यस्तै उत्पादन र उत्पादकत्व अभिवृद्धी गराउन २१.९२ प्रतिशत खर्च गर्ने लक्ष्य लिएको छ । अन्य क्षेत्रमा सामाजिक सुरक्षामा १२.३५ प्रतिशत, प्राकृतिक स्रोत उत्थानमा १ दशमलव ९३ प्रतिशत र विविध क्षेत्रमा बाँकी रकम खर्च गरिने घोषणा गरेको छ ।