पेट्रोलियम पदार्थको मूल्य घट्यो, हवाई ईन्धन र एलपी ग्यासको मूल्य यथावत

दियो पोस्ट  

काठमाडौँ, असार २ । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु दुई घटाएको छ ।

निगमले गएाति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्य समायोजन गरेको निगमका निर्देशक एवम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

समायोजित मूल्यअनुसार पेट्रोल प्रति लिटर रु १०८ तथा डिजेल र मट्टितेल ९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । साथै हवाई ईन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

सिफारिस