
काठमाडौँ, असार २ । धादिङका प्रतिनिधिसभा तर्फका सांसद खेम प्रसाद लोहनीलेले धादिङमा गुठिको नाममा रहेको जग्गाजमित तत्काल मोहीको नाममा गराउनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद लोहनीले धादिङमा करिब २५ हजार रोपनी जग्गा श्री ५ को वायुदेवता गुठीको नाममा रहेको कारण त्यसलाई तत्काल जनताको नाममा रैताननम्बरी गर्न सरकारसंग माग गरेका छन् ।
श्री ५ को वायुदेवताको गुठीको नाममा रहेको जमिनमा करिब २५ सय परिवार बस्दै आएको कारण सो जग्गा उनिहरुकै नाममा गराउनु पर्ने माग राखेका छन् । उनले गुठी विधेयक पहिलो पटक आएको जस्तो गरेर प्रतिपक्षले विरोध गरेकोप्रति समेत रोश प्रकट गरे ।
सांसद लोहनीले बुढीगण्डकी जलविद्युत आयोजनाको आरुघाट बजार, आर्खेत र खहरे बजारका डुवान क्षेत्रको मुआब्जा चाँडो भन्दा चाँडो दिन माग गरेका छन् । ३ बर्ष वितिसक्दा पनि डुवान क्षेत्रमा पर्ने जनताले राहत नपाएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।