फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी नेयमारलाई बेच्न तयार देखिएको छ । लिग वान च्याम्पियन पीएसजीले राम्रो प्रस्ताव आएको खण्डमा यसै समर विन्डोमा नेयमारलाई बेच्न तयार देखिएको हो ।
नेयमारलाई लिएर स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले चासो देखाईरहेका छन् ।
उनी सन् २०१७ मा कीर्तिमानी मुल्य १ सय ९८ मिलियन पाउण्डमा फ्रान्सेली क्लब आएका थिए ।
फ्रान्सेली दैनिक पत्रिकाले बताए अनुसार ठुलो प्रस्ताव आएमा पीएसजीले नेयमारलाई बेच्न सक्ने बताएको हो ।
ब्राजिली स्टार नेयमार कोपा अमेरिका प्रतियोगिता अगाडी चोट बोकेका थिए । पैतलाको लिगामेन्टमा गम्भिर चोट लागेपछि उनी एक महिना मैदान बाहिर छन् । उनले पीएसजीबाट ५८ खेलमा ५१ गोल गरेका छन् ।
नेयमार बार्सिलोना फर्कने चर्चा चलिरहेको समय रियल मड्रिडले समेत पीएसजी स्टारद्वय नेयमार र केलियन एम्बाप्पेमा चासो देखाएको थियो ।
बार्सिलोनाका लियोनल मेस्सीले समेत नेयमारलाई क्लबमा फर्काउन गराउन आग्रह गरेका थिए ।
पछिल्लो समय पीएसजीका मालिक नासिर अल खेलाई समेत स्टार खेलाडीको व्यहारको कारण रुष्ट छन् ।
उनले खेलाडीले धेरै काम र मेहनत गर्न आवश्यक रहेको भन्दै खेलाडीको सेलिब्रेटी व्यवहार सह्य नहुने बताएका छन् । सेलिब्रेटी व्यवहारका कारण पीएसजीका प्रशिक्षक समेत नेयमारसंग रुष्ट छन् । एजेन्सी ।