हावाहुरीले प्रधानमन्त्री निवास नजिकै रुख ढल्यो, यातायात अवरुद्ध

दियो पोस्ट  

काठमाडौँ, असार २ । राजधानीको बालुवाटार स्थित प्रधानमन्त्री कार्यलय नजिकै रुख ढलेको छ । सोमबार साँझ आएको हावाहुरीले प्रधानमन्त्री निवासको ३ नम्बर गेट नजिकैको सडक छेउमा भएको रुख ढलेको हो ।

रुख ढलेपनि मानवीय क्षति भने हुन पाएन । रुख ढलेपछि बालुवाटार हुँदै टिचिङ कान्ति जाने सवारी साधन अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि कालिका टावर नजिकैको भित्रि बाटोबाट सवारी साधन पास गराइएको छ ।

सिफारिस