
म्याग्दी, असार २ । जोमसोम सडकमा सवारी साधन रोकेर लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार पोखरा बाट मुस्ताङतर्फ जाँदै गरेको ग १ ज ५९०९ नम्बरको यात्रुबाहक जिपलाई रोकी त्यसमा सवार यात्रुहरुबाट नगद तथा जिन्सी सामान लुटेर भाग्दै गर्दा ३ जना लुटेरा प्रहरीको फन्दामा परेका हुन् ।
पक्राउ पर्नेहरुमा म्याग्दीको अन्नपुर्ण गाउँपालिका–७ हिस्ताङ बस्ने समित पुन, रघुगंगा गाउँपालिका–१ टिप्लाङका यमस पुर्जा र जलजला गाउँपालिका–३ पारि बस्ने कुशल पाइजा रहेका छन् । सो समुहले सवारी साधन रोकेर लुटपाट गरिरहेको सुचना प्राप्त हुनासाथ प्रहरी परिचालन भएको थियो ।
प्रहरीले उनिहरुलाई भाग्दै गर्दा पक्राउ गरेको हो । पक्राउ पर्नेहरुलाई हिरासतमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय म्याग्दीले जनाएको छ ।