नेपालको आफ्नै स्याटलाइट ‘नेपाल स्याट १’ अन्तरिक्षमा प्रक्षेपण

दियो पोस्ट  

काठमाडौँ, असार १ । नेपालले आफ्नै भूउपग्रह अन्तरिक्षमा पठाएको छ । सोमबार जापानबाट नेपाली ध्वजावाहक भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । स्थानिय समयअनुसार सोमबार साँझ ७ बजेर १५ मिनेट जाँदा प्रक्षेपण गरिएको हो ।

प्रक्षेपण गरिएको समयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल समेत उपस्थित थिए । मन्त्री पोखरेलले नै गो भनेपछि उक्त उपग्रह अन्तरिक्षमा छोडिएको थियो । अमेरिकी अन्तरिक्षयात्री निक हेग नेतृत्वको ६ सदस्यीय टोलीले उक्त भूउपग्रह छाडेको थियो ।

सिफारिस