काठमाडौं, असार ५ । सुनको मुल्य एकैदिनमा एक हजार रुपैयाँले वृद्धी भएको छ । बुधबार ६३ हजार प्रतितोलामा कारोबार भइरहको छापावाल सुनको भाउ विहीबार ६४ हजार पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ६४ हजार पुगेको जानकारी दिएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ६३ हजार ७ सयमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ७ सय ३० मा कारोबार भइरहेको छ ।
महासंघका अनुसार सुनको मुल्यमा एक सातादेखि वुद्धी हुँदै आइरहेको छ ।