यी हुन् पत्रकार दिनेश बस्नेतमाथि सांघातिक आक्रमण गर्ने गुण्डा नाइके शैलेस श्रेष्ठ !

यी हुन् पत्रकार दिनेश बस्नेतमाथि सांघातिक आक्रमण गर्ने गुण्डा नाइके शैलेस श्रेष्ठ !

काठमाडौं, ६ असार । पत्रकार दिनेश बस्नेतमाथि सांघातिक आक्रमण गर्ने गिरोहको नाइके पहिचान भएपनि प्रहरीले पक्राउ नगरेको खुलाशा भएको छ ।


भक्तपुरको लोकन्थलीलाई आधार बनाएर गुण्डागर्दीमा सक्रिय रहेका शैलेस श्रेष्ठले पत्रकार बस्नेतमाथि सांघातिक हमला गरेका थिए ।


पीडित बस्नेतले आफूलाई शैलेस श्रेष्ठको निर्देशनमा उनकै चालक सञ्जय लामाले आफूमाथि सांघातिक आक्रमण गरेको पीडित बस्नेतले दियोपोस्टलाई बताए ।


श्रेष्ठ समुहले लोकन्थली क्षेत्रमा हप्ताअसुली तथा अवैध धन्दा चलाइरहेको सुचनाका आधारमा समाचार संकलन गर्न पत्रकार बस्नेत लोकन्थली पुगेका थिए ।


‘म त्यत्तिकै बसिरहेको थिएँ । आधा घण्टापछि शैलेस श्रेष्ठ, संजय लामा लगायत अन्य पाँच सात जना गाडीमा आए । ग्यारेजमा गएर तीन चार जनाले समाउने र तीन चार जनाले हान्ने भन्ने योजनाका साथ आउनुभएको रहेछ । त्यहाँ अन्य मानिसहरुको पनि बाक्लो उपस्थिती भएको कारण उनीहरुको योजना अनुसार हुन पाएन,’ पत्रकार बस्नेतले भने,‘वासिङ सेन्टरका दाईहरु बाहिर निस्के । त्यसपछि उहाँलाई मैले के भइरहेको हो भनेर सोधेँ । शैलेश श्रेष्ठका मानिसहरुले मेरो आमालाई छोएर अपशब्द सहित ‘तँलाई किन चाहियो तँ को होस् भनेर निकै उत्तेजित शैलीमा कुरा गर्न थाले । हुलदंगामा विवेकले काम लिनुपर्छ भन्दै मैले उनीहरुसंग विवाद गर्न चाहिँन । केही बेर शान्त बस्ने निधो गरेर भिडबाट केही पर जान खोज्दै थिएँ, एक्कासी पछाडीबाट ममाथि प्रहार भयो । रड थियो, अथवा कुनै फलाम या काठको गह्रौँ हतियार थियो मैले ठ्याक्कै याद गर्न सकिँन । मेरो टाउको बाट रगत बग्न थाल्यो ।’


यसैबीच उक्त घटनाका मुख्य योजनाकार श्रेष्ठ सहित आक्रमणकारी विरुद्ध घाइते पत्रकार बस्नेतले महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएका छन् । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको पीडितले बताए ।


आक्रमण पछि गुण्डा नाइके शैलेस श्रेष्ठ आफूलाई चोख्याउँदै हिँडेका छन् ।

Facebook Comments

Trending News