
काठमाडौँ, असार ८ । सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी महासंघले सोमबार कायम गरेको मुल्य अनुसार सुनको मुल्य प्रतितोला ९१ हजार पुगेको छ । यो मुल्य हालसम्मकै उच्च मुल्य हो ।
महासंघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार र तेजावीका लागि ९० हजार पाँच सय ६५ रुपैयाँ तोकेको छ । आइतबार छापावाल सुन ९० हजार ६ सय र तेजावी सुन ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ९५० पुगेको छ ।