बीरगंजमा घाँटी रेटिएको अवस्थामा एकजना फेला

दियो पोस्ट  

पर्सा, असार १० । पर्साकाे बिरगंज महानगरपालिका–२६ सुगौली विर्तामा एक व्यक्ति घाँटी रेटिएको अवस्थामा भेटिएका छन् । गाउँको दक्षिणतर्फ रहेको सातो माई मन्दिर नजिकै रहेको धान खेतमा छटपटाइरहेको अवस्थामा उनलाई भेटिएको थियो ।

बिहान ५ बजे उनलाई खेतको डिलमा छटपटाइरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यलय श्रीपुरले उनलाई तत्काल नेसनल मेडिकल कलेज पठाएको थियो । हाल घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घाइते ३ बजे नै घरबाट निस्किएका थिए । ज्यान मार्ने उद्योगले उनको घाँटीमा धारिलो हतियारले काटेको हुनसक्ने आशंका गरिएको छ । घाइते भेटिएको ठाउँमा एउटा मोबाइल पनि फेला परेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।