एजेन्सी । इंग्लिस क्लब आर्सनलका डिफेन्डर डेविड लुइज थप एक वर्ष क्लबमा रहने भएका छन् ।ब्राजिलियन सेन्टर डिफेन्डर लुइजले बुधबार क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
लुइजले थप एक वर्ष क्लबमा रहने गरि आर्सनलसँग सम्झौता गरेका हुन् । ३३ वर्षे लुइजको सम्झौता यस सिजनको अन्त्यसँगै सकिदैछ ।
गत सिजन चेल्सीबाट आर्सनल आएका उनले यस सिजन ३२ खेल खेलेका छन् । यस सिजन आर्सनल १० औं स्थानमा रहेको छ ।
यस्तै आर्सनलले मिडफिल्डर डानी सेबालोससँग लोन सम्झौता सिजनको अन्तिमसम्मका लागि थप गरेको छ।