काठमाडौँ, असार १० । स्पेनिस लालिगा अन्तर्गत आज राति रियल मड्रिडले मालोर्कासँग खेल्दै छ । रियलको अस्थायी घरेलु मैदानमा राति १ः४५ बजे शुरु हुने खेल रियलका लागि शीर्ष स्थान पुनरागमनको मौका हुन सक्दछ । आज राति हुने खेलमा रियल सोही मौकाको खोजीमा हुनेछ ।
खेलमा रियलले सहज जित निकालेमा तालिकाको शीर्ष स्थानमा उक्लन सक्दछ । तालिकामा ६५ अंकसहित रियल दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको बार्सिलोना ६८ अंकसहित शीर्षस्थानमा रहेको छ ।
यसअघिसम्म खेल तालिकाको शीर्ष स्थानमा रहेको रियल मड्रिड मंगलबार बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई पराजित गरेपछि दोस्रो स्थानमा झरेको हो । २६ अंक जोडेको मालोर्का १८ औं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै बुधबार डिपोर्टिभो अलाभेसले ओसासुनासँग खेल्दैछ । यस्तै रियल सोसीडाडले सेल्टा भिगोसँग खेल्नेछ ।