नेपालभर ७८ हजार ६३९ जना आइसोलेशनमा, ८ हजार ३६६ जना क्वारेन्टिनमा

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार १० । कोरोनाभाइरसको महामारीसँगै मुलुकभित्र आइसोलेशन र क्वारेन्टिनको संख्या बढ्न थालेका छन् । देशभित्र तथा देशबाहिरबाट आएका ब्यक्तिहरुबाट थप संक्रमण फैलिन नदिनका लागि सरकारले निर्माण गरेको क्वारेन्टिन तथा आइसोलेशनमा बस्ने मानिसहरुको संख्या दिनानुदिन बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत हालसम्म मुलुकभर ७ हजार ८ सय ३९ जना क्वारेन्टिनमा बसिरहेको जानकारी दिएका छन् । त्यस्तै ८ हजार ३ सय ६६ जना आइसोलेशनमा बसिरहेका छन् ।

प्रवक्ता गौतमका अनुसार बुधबार नै मुलुकभर रहेका २२ वटा प्रयोगशालाबाट ६ हजार ८ सय २२ वटा नमुनको पिसिआर परिक्षण गरिएको र १२ हजार १ सय १२ जनामा आरडिटी परिक्षण गरिएको छ ।

बुधबार ६ सय २९ जनामा कोरोना पोजेटिभ भेटिएपछि मुलुकभर संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । हालसम्म २ हजार ३ सय ३८ जना संक्रमितहरु कोरोना जितेर घर फर्किएका छन् । बुधबार मात्रै नेपालभरबाट १ सय १४ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेहरुमा जलेश्वर अस्पताल महोत्तरी बाट १ महिला र १८ पुरुष, कोभिड अस्पताल सपही जनकपुर बाट २० पुरुष ,सिन्धुली अस्पताल, सिन्धुलीबाट ३ पुरुष, भरतपुर अस्पताल बाट नवलपरासी पुर्वका १ पुरुष, पश्चिमका २ पुरुष, चितवनका ५ महिला र १३ पुरुष कपिलबस्तु जिल्लाका १ महिला, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका २ पुरुष, मोरङका १८ पुरुष, सुनसरीका १ महिला ४ पुरुष, तेह्रथुमका १ पुरुष, दमौली अस्पताल तनहुँबाट १ पुरुष, धौलागिरि अस्पताल बागलुङबाट ४ पुरुष, गोरखा अस्पताल गोरखाबाट १ पुरुष, जिपी कोइराला शुक्लागण्डकी अस्पताल तनहुँबाट ६ पुरुष, कालिका अस्पताल स्याङजाबाट १० पुरुष रहेका छन् ।

सम्बन्धित खबर

सिफारिस