सन् २०२० मै नेपाल आएका दुई सय ८१ विद्यार्थीलाई अध्ययनका लागि पुनः चीन पठाउने

दियो पोस्ट  

काठमाडौँ,। सरकारले कोरोनाका कारण चीन जान नपाएका विद्यार्थीलाई चीन पठाउने प्रक्रिया अगाडि बढाएको छ । यसअघि कोभिड–१९ का कारण स्वदेश फर्किएका विद्यार्थी लकडाउनले गर्दा चीन जान पाएका थिएनन् ।

सरकारले सन् २०२० मै नेपाल आएका दुई सय ८१ विद्यार्थीलाई अध्ययनका लागि पुनः चीन पठाउने प्रक्रिया सुरु गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा। कमल पोखरेलले बताएका छन्। मन्त्रालयले यसअघिनै स्वदेश फर्किएका नेपाली विद्यार्थीलाई उनीहरुको अध्ययनमा निरन्तरता दिन भिसा प्रक्रियाका लागि समेत निवेदन दिन भनेको थियो ।

सरकारले निवेदनकै आधारमा स्वदेश फर्किएका नेपाली विद्यार्थीलाई चीन पठाउने छ । सरकारको निर्णयले दुई बर्षदेखि रोकिएका विद्यार्थीलाई राहत मिलेको छ । चीनको वुहानमा कोभिड–१९ सुरु भएपछि नेपाल सरकारले पहिलो चरणमा एक सय ७५ नेपाली विद्यार्थीलाई उद्दार गरी नेपाल आएको थियो । त्यतिवेला नेपाल ल्याईएका विद्यार्थीलाई भक्तपुरको खरीपार्टीस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

सम्बन्धित खबर