काठमाडौँ,। पण्डित नवराज शारदा स्मृति समाजले विविध सामाजिक कार्यक्रम संचालन गर्न १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।
नवराज पौडेलको जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमबीच अक्षयकोष स्थापनाको घोषणा गरिएको हो । आफ्ना अभिभावकको योगदानलाई मनन गर्दै उनीहरुप्रति सम्मान तथा समाजका लागि यथासक्य योगदान गर्ने लक्ष्यसाथ यो समाज स्थापना गरिएको हो ।
कार्यक्रम समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्था गठनको पृष्ठभूमिका सम्बन्धमा प्रकाश पार्दै बुबा नवराज पौडेल तथा आमा शारदा देवी पौडेलले दिनुभएको संस्कार शिक्षा र अभिप्रेरणाकै कारण समाजका लागि केही योगदान पुर्याउन सक्ने अभिलाषाले उक्त संस्था स्थापना गरेको बताए । साथै नवराज पौडेलले सनातन धर्म संस्कृति तथा सामाजिक हितमा आफ्नो सारा जीवन समर्पित गरेको उल्लेख गरे ।