मूल्यवृद्धिको छानबिन र अध्ययन गर्न सांसद पहाडीको माग

दियो पोस्ट  

काठमाडौं,। नेकपा एमालेका सांसद गणेश पहाडीले मूल्यवृद्धिको छानबिन र अध्ययन गर्न संसदीय समिति गठनको माग गरेका छन् ।

एमाले प्रमुख सचेत विशाल भट्टराईले संसदमा पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई समर्थन गर्दै उनले यस्तो माग गरेका हुन् ।

‘बजार अनुगमन नगर्दा खाद्य र गैरखाद्य वस्तुको मूल्य ह्वात्तै बढेको छ । त्यो घटाउन जरुरी छ,’ उनले भने, ‘पेट्रोलियम पदार्थका साथै खाद्य र गैरखाद्य वस्तुको मूल्यवृद्धिको अध्ययन गर्न शक्तिशाली संसदीय समिति गठनको माग गर्छु ।’

उनले डिजेलको पाइपलाइन बनाउँदा चुहावट घटेको, ८० रुपैयाँ हुँदा र १८० रुपैयाँ मूल्य हुँदा पनि बिक्री कमिसन उही भन्दै त्यसलाई घटाएर मूल्य घटाउनुपर्ने बताए ।

त्यस्तै, पूर्वाधार कर घटाएर १० रुपैयाँ मूल्य घटाए पनि अहिले अत्यधिक कर रहेकोले त्यहाँ पनि मूल्य घटाउन माग गरे ।

सम्बन्धित खबर