काठमाडौँ, । सरकारले आइतबारको साप्ताहिक बिदा खारेज गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार हुँदै आएको साप्ताहिक बिदा नदिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यही असार १ गतेदेखि शनिबार मात्र सार्वजनिक बिदा हुने भएको छ । सरकारले गत जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।