काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनार मृल फेला परेकी छन् । सुर्खेत घर भई काठमाडौंको नेपालटार बस्दै आएकी सुनार आफ्न्र डेरामा मृत भेटिएकी हुन् ।
शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी सुनार शनिबार बिहान पौने ११ बजे मृत भेटिएको प्रहरी वृत्त बालाजुले जनाएको छ।
घटना शंकास्पद भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सूर्य श्रेष्ठ रहेका छन्। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।