विमला वली प्रकरणः प्रतिवेदन तयार पार्दै छानबिन समिति

दियो पोस्ट  

काठमाण्डु । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा राज्यमन्त्री विमला वली प्रकरणमा मन्त्रीस्तरीय छानबिन टोलीले प्रतिवेदन तयार गर्न सुरु गरेको छ ।

राज्यमन्त्री वली गत जेठ ३१ गते सुरक्षागार्डसहित तुलसीपुर उपमहानगरपालिका ५ का वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेर विवाद गरेको घटना बाहिरिएको थियो । सो घटनालगत्तै बनेको मन्त्रीस्तरीय छानबिन समितिले प्रतिवेदन तयार गर्न सुरु गरेको हो ।

छानबिन समितिको टोलीले घटनास्थलमा पुगेर दुवै पक्षसँग बुझेपछि प्रतिवेदन निर्माणको तयारी सुरु गरिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले जानकारी दिए ।

छानबिन समितिको टोलीले घटनास्थलमा पुगेर दुवै पक्षसँग बुझेपछि प्रतिवेदन निर्माणको तयारी सुरु गरिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले जानकारी दिए । सरकारले असार १ गते मन्त्री शर्माकै नेतृत्वमा छानबिन समिति बनाएको थियो ।