मोरङ जलमग्नः एक जनाको मृत्यु, १५ सय घरपरिवार विस्थापित

दियो पोस्ट  

काठमाडौं । अविलरल वर्षाका कारण मोरङका धेरै स्थानहरु जलमग्न भएको छ । नदी कटानको कारण भएको डुबानले एक जनाको ज्यान गएको र सयौँ घरहरु प्रभावित भएका छन् ।

बाढीका कारण जिल्लाभर करिब १५ सय घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी (सिडियो) काशिराज दाहालले लोकपथलाई जानकारी दिए । उनका अनुसार विस्थापित परिवारलाई विद्यालय भवन, सरकारी कार्यालय लगायतका सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

उनका अनुसार विराटनगर महानगरपालिकाका धेरै स्थानहरु डुबानमा परेका छन् । साथै कटहरी, ग्रामथान, बुढिगंगा, रंगेली, सुनबर्सी नगरपालिकाका अधिकांश स्थान डुबानमा परेका छन् । भने जिल्लाको बेलबारी नगरपालिकाको केही स्थान समेत डुबानमा परेको उनको भनाइ रहेको छ ।

प्रत्येक वर्ष डुबानमा पर्दै आएको क्षेत्रमा समयमै ध्यान दिन नसक्दा समस्या परेको उनको भनाइ रहेको छ । अहिले पनि धेरै स्थानमा नदी कटानको कारण बाढी पसेको र त्यसको कारण डुबान भएको उनको भनाइ रहेको छ ।

ल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा उद्धार तथा राहतको काम भइरहेको उनले बताए । त्यसैगरी तत्काल जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप निर्णयहरु गर्ने समेत उनले बताए ।