दिन प्रतिदिन बढ्दै कोरोना, थप ४४ जनामा सङ्क्रमण पुष्टि

दियो पोस्ट  

काठमाडौं । देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार ७९८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३८ तथा एन्टिजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँका १७ जना रहेका छन् भने ललितपुरका ६ जना रहेका छन् ।

यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त पनि भएका छन् ।