सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–८ स्थित मलंगवा–नवलपुर सडकखण्डबाट असार १३ गते सशस्त्र प्रहरीले १ हजार २ सय वटा नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–६ बस्ने १८ बर्षिय एलिस राई छन् । उनलाई सर्लाहीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । गस्तीमा रहेको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा निज राईको साथमा उल्लेखित लागूऔषध फेला पारिएको हो ।
पक्राउ परेका राईलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय हरिपुरमा बुझाइएको छ ।