उपत्यकामा हैजाका बिरामी बढ्दै, १४ जनामा संक्रमण पुष्टि

दियो पोस्ट  

काठमाडौं । काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइन् ।

सम्बन्धित खबर