बाबुरामको पार्टी फुटाउने षडयन्त्र थियो, प्रयास असफल भएको छः उपेन्द्र यादव

दियो पोस्ट  

विरगन्ज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले डाक्टर बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चकनाचूर भएको बताएका छन् ।

बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार वीरगञ्चमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले पार्टी फुटाउन गुट भेला गरे पनि संख्या नपुग्दा बाबुरामको सपना चकनाचूर भएको बताएका हुन् ।

‘पार्टी फुटाउने षडयन्त्र थियो, संख्या नभएर आफैं परास्त हुनुभयो । आफ्नो गुटको बैठक बोलाउनुभयो, यो गलत थियो ‘ उनले भने, ‘ पार्टी विधानविपरीत कार्य गरेर अर्को जसपा दर्ता गराउने सपना चकनाचूर भएको छ । प्रयास असफल भएको छ ।’