बारा र पर्सामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

दियो पोस्ट  

बारा । बारा र पर्साका विभिन्न स्थानमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बाराको सिमरा विमानस्थल तथा पर्साका धेरै स्थानमा भारती वर्षा मापन भएको र थप वर्षा हुन सक्ने पूर्वानुमान रहेको भन्दै बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्सा जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान रहेकाले सो क्षेत्र भइ बहने साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह महाशाखाले आग्रह गरेको छ।