राजनीतिक असफलतापछि सिके राउतले लिए सन्न्यास, नयाँ नाम ‘आनन्द मैत्रय’

दियो पोस्ट  

काखठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सन्न्यास लिएका छन् । काठमाडौंमा रहेको ओशो तपोवन आश्रममा दश दिन बिताएका राउतले त्यसपछि सन्न्यास लिएका हुन् ।

तपोवनका संस्थापक बोधिसत्व स्वामी आनन्द अरुणले राउतलाई सन्न्यास दिलाएका हुन् । राउतले नयाँ नामसमेत पाएका छन् । ‘आनन्द मैत्रय’ उनको नयाँ नाम भएको छ । ओशो सन्न्यासीहरूले आफ्नो अलग्गै नाम राख्ने गरेका छन् ।
सन्न्यास ग्रहण गर्नुअघि राउत नौदिने ध्यान शिविरमा सहभागी भएका थिए । शिविरपछि स्वामी अरुणले राउतलाई ओशोको तस्बिरअंकित लकेटसहितको माला र नयाँ नामसमेत प्रदान गरे ।

सम्बन्धित खबर