काठमाडौं । जथाभावी पोस्टर टाँसेर विज्ञापन गरेपछि ‘बगान’ फिल्मलाई काठमाडौं महानगरले ५० हजार तिराएको विषयमा अभिनेत्री करिश्मा मानन्धरले टिप्पणी गरेकी छन् । महानगरले ५० हजार रुपैयाँ जरिवाना तिराएर ५ लाख रुपैयाँबराबरको विज्ञापन गरिदिएको उनले बताएकी छन् ।
फेसबुकमा एक पोस्ट शेयर गर्दै उनले लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो ! कसले भन्छ बालेनजी नेपाली सिनेमालाई माया गर्नु हुन्न भनेर ?’
भित्ता–भित्तामा पोस्टर टाँसेर शहरलाई कुरुप बनाएको भन्दै महानगरपालिकाले ‘बगान’ फिल्मलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको थियो । यसरी सार्वजनिक स्थानमा, भित्तामा जथाभावी पोस्टर नटाँस्न महानगरले बारम्बार आग्रह गर्दै आएको छ । यो नैतिकतासँग समेत जोडिएको विषय भए पनि करिश्माले नियम तोडेर पाएको दण्डमा उल्टै फिल्म टिमलाई फाइदा भएको बताएकी हुन् ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।