म्यान्मारकी नेतृ सुचीलाई नजरबन्दमा पठाइयो

दियो पोस्ट  

काठमाडौं । म्यान्मारकी नेतृ आङ सान सुचीलाई जेलबाट नजरबन्दमा पठाइएको छ । बीबीसीका अनुसार सोमबार उहाँलाई नेपिडोस्थित एक सरकारी भवनमा सारिएको हो । यसअघि उनलाई एक वर्ष एकान्त कारावासमा राखिएको थियो । सन् २०२१ फेब्रुअरीमा सेनाले म्यान्मारमा ‘कु’ गरेर सुचीलाई हिरासतमा लिएको थियो ।

त्यसपछि ७८ वर्षीया उहाँलाई ३३ वर्षको सजाय सुनाइएको थियो।

ई वर्षयता उनको अवस्थाबारे कुनै सूचना सार्वजनिक भएको थिएन । सत्ता परिवर्तनपछि सैन्य सरकारविरुद्ध अमेरिकार र अन्य पश्चिमा देशहरूले प्रतिबन्ध लगाएका छन् ।