काठमाडौं– बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाज निकै थोत्रो रहेको पाइएको छ । पोखरामा परिक्षण उडानका लागि कर्मचारीसहित उडानभर्ने क्रममा उक्त विमान दुर्घटनामा परेको हो ।
५० सिट क्षमता रहेको यो जहाज आजभन्दा २१ वर्ष ४ महिना पुरानो रहेको पाइएको छ । विमान २१ वर्ष ४ महिनाअघि निर्माण भएको पाइएको छ ।
बम्बार्डियर सीआरजे २०० वाई ५० विमान छैटौँ पटक किनबेचपछि नेपाल आइपुगेको थियो । प्लेन्सपोट्टर्सडटकमका क्यानेडियन विमान निर्माता कम्पनी बम्बार्डियरले यो विमान सन् २००३ अप्रिलमा बनाएको वेभसाइटमा लेखेको छ ।
बम्बार्डियरले सन् २००३ मे मा सो विमान अमेरिकी वायुसेवा प्रदायक कम्पनी एट्लान्टिक कोस्ट एअरलाइन्सलाई बिक्री गरेको थियो ।
एट्लान्टिक कोस्ट एअरलाइन्सले अगष्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एअरलाई सो विमान बिक्री गरेको देखिन्छ ।
इन्डिपेन्डेन्स एअरबाट सन् २००७ जुनमा किनेर नाइजेरियाको अरिक एअरले यो विमान सन् २००८ अप्रिलसम्म उडाएका यो जहाज
पुन अमेरिकाको एरोलिजले सन् २०१७ जनवरीमा लिएर नेपालको सौर्य एअरलाइन्सलाई २०१७ मार्चमा बेचेको थियो ।
सौर्य एअरलाइन्सले यही एउटा विमानबाट आन्तरिक उडान भरिरहेको थियो ।