मदन पुरस्कार २०८२ को ‘श्रेष्ठ सूची’ सार्वजनिक, १० कृति छनोट

दियोपोस्ट संवाददाता

 काठमाडौं। मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची (शर्टलिस्ट) सार्वजनिक गरेको छ।

गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा सोमबार जारी प्रेस विज्ञप्तिअनुसार यस वर्ष मदन पुरस्कारका लागि गुठीमा कुल २९८ पुस्तक प्राप्त भएका थिए। प्राप्त पुस्तकहरूमध्ये प्राविधिक समितिले मूल्याङ्कन गरी उत्कृष्ट १० कृति छनोट गरेको हो। यिनै १० कृतिमध्येबाट एक सर्वोत्कृष्ट कृतिलाई वर्ष २०८२ को मदन पुरस्कार अर्पण गरिनेछ।

अकारादि क्रममा छनोट भएका कृतिहरूमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी (राजभण्डारी) को नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श तथा नदीशको हिउँद रहेका छन् ।

वि.सं. २०७२ देखि गुठीले प्राप्त पुस्तकहरूमध्येबाट बढीमा १० वटा उत्कृष्ट कृति छनोट गरेर श्रेष्ठ सूची सार्वजनिक गर्ने अभ्यास गर्दै आएको छ। गुठीको नियमानुसार अप्रकाशित सामग्रीको बाहुल्य रहेका पुस्तकलाई छनोटको मुख्य आधार मानिने गरिन्छ।

हेर्नुहोस विज्ञप्ति: