
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एक व्यक्तिले आत्मदाह गरेका गरेका छन् । कीर्तिपुरको ट्याङ्लाफाँटमा एक कारमा आगो लगाएर एक व्यक्तिले आत्मदाह गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कारभित्रै आगो लगाएर एक व्यक्तिले आत्मदाह गरेका हुन् । आत्मदाह गर्ने व्यक्तिको पहिचान खुलेको छैन ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराई, प्रहरी वृत्त कीर्तिपुरका डिएसपी लगायतको टोली पुगेको छ ।
आत्मदाह गर्ने व्यक्ति पुरुष हुन् कि महिला भन्नेसमेत खुलेको छैन । यद्यपि गाडीभित्रै बसेर आगो लगाइएको पाइएको छ ।
आत्मदाहको प्रयास गर्ने व्यक्तिको मृत्यु भइसकेको र शवसमेत नचिनिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।